नेकपा एमालेका नेता रामबहादुर थापाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपा पहिलो दल बन्नुमा विभिन्न पक्ष जिम्मेवार रहेको बताएका छन्। संसदको बैठकमा बोल्दै उनले नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार र बारबरा फाउन्डेसनजस्ता पक्षलाई परिणामको आधार माने। उनले निर्वाचन नतिजामा बाह्य र संस्थागत प्रभाव रहेको संकेत गरे।

