नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु अधिराज्य स्थापना आफ्नो साझा लक्ष्य भएको बताएका छन्। उनले धवलशमशेर राणासँग मिलेर नयाँ पार्टी गठन गर्ने निर्णय भएको खुलासा गर्दै राजसंस्था फर्किएपछि मात्रै देशमा स्थायित्व, सुख र शान्ति कायम हुने दाबी गरे। दुवैबीच सहकार्यमा विभाजनको सम्भावना नरहेको उनको भनाइ छ।


