नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङबीचको सहकार्यलाई दुब्लाहरूको गठजोड बताएका छन्। बलियो एमालेसँग मुकाविला गर्न कमजोर शक्तिहरूले एकता खोजिरहेको उनको भनाइ छ। लोकप्रियताको मूल्यांकन आगामी निर्वाचनबाट हुने र लोकतन्त्र पराजित नहुने दाबी ओलीले गरे।

