नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश संवैधानिक अप्ठेरोमा रहेकाले सर्वोच्च अदालतले तदारुकताका साथ फैसला दिनुपर्ने बताएका छन्। अनधिकृत सिफारिसमा असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन भएकाले पुनर्स्थापना अनिवार्य भएको उनको भनाइ छ। प्रतिनिधिसभा अस्तित्वमा नआएसम्म एमालेको माग कायम रहने ओलीले स्पष्ट गरे।

