२१ फागुनको प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम सकिएको छ। तर पोशाक र उपकरण तयारी नहुँदा फिल्डमा उत्रन केही दिन लाग्नेछ। देशभर ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी परिचालन हुनेछन्, जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी समावेश छन्।


