राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालयमा १३ जना नयाँ सदस्य थप गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पुरुषोत्तम यादव, शिशिर खनाल, गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, मनिष झासहित १३ जनालाई सचिवालय सदस्यमा थप गरेको हो। यसअघि साउन १३ गते पाँच जना सदस्य थपिएका थिए। रास्वपाको विधानअनुसार सभापति रवि लामिछानेले बढीमा ३३ जनालाई सचिवालय सदस्य बनाउन सक्ने व्यवस्था छ।


