नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। नवनिर्वाचित सभापति गगन थापाको सभापतित्वमा पहिलो पटक केन्द्रीय कार्यालयमै बैठक बसेको हो। बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य र प्रदेश सभापति उपस्थित छन्। सभापतिलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने एजेन्डा आजको बैठकको मुख्य विषय हो।


