आउँदो फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नेकपा (एमाले), राप्रपा, प्रलोपा, उज्यालो नेपाल पार्टी र केही स्वतन्त्र उम्मेदवारले मनोनयन फिर्ता गरेका हुन्।

