प्रतिनिधिसभामा नयाँ नियमावली २०८३ अनुसार १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बुधबार बैठकमा सदस्यहरूको नाम घोषणा गरेका हुन्। यसअघि २१ सदस्यीय समिति थियो। नयाँ समितिमा विभिन्न दलका सांसदहरू मनोनीत भएका छन्, जसले संसदको कार्यसूची र व्यवस्थापनमा समन्वय गर्नेछ।


