सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक सोमबार बिहान बोलाएका छन्। नयाँ प्रतिनिधिसभा नियमावली लागू भएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति विघटन भएकाले कार्यसूचीबारे छलफल गर्न बैठक आह्वान गरिएको हो। विपक्षी दलको अवरोधबीच सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने तय भएको छ।


