रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ। एक हजार जनालाई पुग्ने आधारभूत औषधि, स्वास्थ्य उपकरण र १५ वटा आपतकालीन टेन्ट उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। बाढी प्रभावितका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा १०० आपतकालीन शय्या तयारी अवस्थामा राखिएको छ भने विभिन्न स्वास्थ्य निकायसँग उद्धार तथा उपचारका लागि समन्वय भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

