राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य कारबाही अन्त्य गर्नेबारे विचार भइरहेको बताएका छन्। सामाजिक सञ्जालमा लक्ष्य नजिक पुगेको उल्लेख गरे पनि उनले युद्धविराम नचाहेको बताएका छन्। यसबीच अमेरिकी अधिकारीहरू स्थल सेना खटाउने तयारीमा रहेको विवरण सार्वजनिक भएको छ, जसले परिस्थिति थप जटिल बनाएको छ।

