अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता धेरै हदसम्म तय भइसकेको बताएका छन्। उनले होर्मुज जलमार्ग खुलाउने विषय समावेश हुने र इरानलाई आणविक हतियारबाट रोक्ने उद्देश्य रहेको बताए। इरान पक्षले पनि वार्ता नजिकिँदै गएको संकेत दिएको छ तर अन्तिम सहमति नभएको स्पष्ट पारेको छ।

