नेपालस्थित अमेरिकी दूतावासको कार्यवाहक राजदूतका रूपमा मेगन बोल्डिन काठमाडौं आइपुगेकी छन्। दूतावासका अनुसार उनले आगामी केही महिना जिम्मेवारी सम्हाल्नेछिन्। बाढीबाट प्रभावित अमेरिकी नागरिकलाई सहयोग तथा प्रतिकार्य र पुनर्लाभका काममा उनले नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गर्नेछिन्। ढाकास्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख रहेकी बोल्डिनसँग युक्रेन, इराक, बङ्गलादेश र वासिङ्टनमा संकट व्यवस्थापन, कूटनीति तथा नेतृत्वको अनुभव छ।
