परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोसी बाढीपछिको अवस्था, सरकारको खोज तथा उद्धार प्रयास र विदेशी नागरिकको अवस्थाबारे काठमाडौंस्थित कूटनीतिक समुदायलाई जानकारी दिएका छन्। उनले प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र विदेशी नागरिकको सुरक्षा सरकारको प्राथमिकता रहेको बताए। विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै जलवायु जोखिम र हिमालयको संवेदनशीलताबारे समेत ध्यानाकर्षण गराए।

