धितोपत्र बजारमा आज नेप्से परिसूचक १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा झरेको छ। ४ अर्ब १९ करोड रुपैयाँको कारोबार हुँदा १९२ कम्पनीको सेयर मूल्य घटेको छ। अपर लोहोरे खोला हाइड्रोको सेयर १५ प्रतिशतले बढ्दा इमर्जिङ नेपाल र सिन्धु पावरको मूल्य १४.९९ प्रतिशतले घट्यो।


