फागुन २१ पछि राष्ट्रिय सभाको दलीय संरचना बदलिँदैछ। कांग्रेस–एमाले–जसपा तालमेलबाट १८ सिटमा जित निश्चित छ। यसपछि कांग्रेस २५, एमाले ११, नेकपा १८ र जसपा ३ सिटमा पुग्नेछन्। कांग्रेस–एमाले गठबन्धनले स्पष्ट बहुमत हासिल गर्ने देखिन्छ भने दुईतिहाइका लागि थप एक सदस्य आवश्यक हुनेछ।

