राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची अध्यावधिक गरेको छ। उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि आइतबार निर्वाचन आयोग पुगेर सूची संशोधन गरिएको हो। एकता भंगसँगै उज्यालो नेपालको समानुपातिकतर्फ फागुन २१ को निर्वाचनमा उम्मेदवार नहुने भएको छ।

