नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गरी उद्घाटन गरे। कार्यक्रममा विभिन्न नेताहरू र जिल्ला सभापतिहरू सहभागी भए पनि सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष सहभागी भएनन्।


