साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से १७.९० अंकले बढेर २७३४.६३ विन्दुमा पुगेको छ। ६ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा १५२ कम्पनीको सेयर मूल्य बढ्यो। इभरेष्ट कलर र आत्मनिर्भर लघुवित्त सर्वाधिक बढेका कम्पनी बने। यस साताभर नेप्से कुल ५७.०९ अंकले उकालो लागेको छ।

