स्पेनमा म्याड्रिडतर्फ जाँदै गरेको रेल दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ। कम्तीमा ७३ घाइते भएका छन्, जसमा चार बालबालिका पनि छन्। मालागाबाट प्रस्थान गरेको एक रेल लिकबाट उछिट्टिएर विपरीत ट्र्याकमा पुगेपछि अर्को रेलसँग ठोक्किएको थियो। दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन र अनुसन्धानमा कम्तीमा एक महिना लाग्ने अनुमान छ।


