बंगलादेशमा हिंसा बढ्दै गएको छ। शरीफ उस्मान हादीको हत्या भएको १० दिनपछि नेसनलिस्ट सिटिजन पार्टीका नेता मोतलेब सिकदरमाथि खुलनामा र्यालीका क्रममा गोली प्रहार भएको छ। टाउकोमा गोली लागेका सिकदरको अवस्था गम्भीर छ। उनलाई खुलना मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ।

