भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतीकात्मक रूपमा आफ्नो नोबेल शान्ति पुरस्कार अर्पण गरेको बताएकी छन्। ह्वाइट हाउसमा भएको दुर्लभ भेटमा पुरस्कार हस्तान्तरण गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। तर ट्रम्पले औपचारिक रूपमा स्वीकार गरे वा नगरेको खुलाइएको छैन।


