अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले अमेरिका र इरानबीचको युद्धविराम अझै कायम रहेको बताएका छन्। होर्मुज स्ट्रेटमा अमेरिकी गतिविधि छुट्टै परियोजना भएको उनको भनाइ छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम विस्तार गरे पनि नाकाबन्दीका कारण दुवै देशबीच तनाव भने जारी छ।

