अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ता आइतबारदेखि नै सुरु हुन सक्ने बताएका छन्। वार्ताका लागि अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनर स्विट्जरल्यान्ड पुगिसकेका छन् भने भान्स पनि छिट्टै त्यहाँ जाने तयारीमा छन्। यसबीच लेबनानमा इजरायली आक्रमणपछि इरानले विरोध जनाएको छ। हर्मुज जलमार्ग पुनः बन्द गरिएको दाबी भए पनि अमेरिकाले त्यसको प्रमाण नभेटिएको जनाएको छ।


