इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्ससँग सम्बद्ध सञ्चारमाध्यमले बहराइनस्थित अमेरिकी हवाई अखडाको कमान्ड भवन नष्ट भएको दाबी गरेका छन्। ‘फार्स’ समाचार एजेन्सीले ड्रोन र क्षेप्यास्त्र आक्रमणको भिडियो सार्वजनिक गरेको छ। तर संयुक्त राज्य अमेरिका विदेश मन्त्रालयले आधिकारिक टिप्पणी गरेको छैन। साथै, अमेरिकाले आफ्ना नागरिकलाई बहराइन छोड्न आग्रह गरेको छ।

