Browsing: व्यवसाय

ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेशमा भारतले रुसी तेल आयात रोक्ने, अमेरिकी ऊर्जा उत्पादन खरिद गर्ने र आगामी १० वर्षमा रक्षा सहयोग विस्तार गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ।

पछिल्ला दिन घटेको नेप्सेले बिहीबार कमब्याक गर्दै २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा पुगेको छ भने कारोबार पनि ११ अर्ब रुपैयाँभन्दा बढी भएको छ।

नेप्से सूचक घट्दो रहे पनि बुधबार ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्म बढेपछि ती कम्पनीमा सकारात्मक ‘सर्किट’ लागेको नेप्सेले जनाएको छ।

ग्यास आपूर्ति सहज र पर्याप्त रहेकाले बजारमा अभाव हुन सक्ने त्रासका कारण घरमा अनावश्यक रूपमा सिलिन्डर स्टक नगर्न निगमले उपभोक्तालाई विशेष अनुरोध गरेको छ ।

गत वर्षको ६ महिना अर्थात् पुस मसान्तभित्र सुनचाँदी धितोमा बैंक तथा वित्तीय संस्थाहरुले १० अर्ब २० करोड बराबरको ऋण प्रवाह गरेका थिए ।

पछिल्लो समय अन्तर्राष्ट्रिय कारणले सुनको मूल्य तीव्र उतारचढावसहित उच्च बिन्दुमा पुगेपछि नेपाली बजारमा कारोबार सुस्तिएको छ, ग्राहकहरू सुन बेच्नतर्फ उन्मुख भएका छन् र सुन महँगिँदै जाँदा चाँदीप्रति आकर्षण बढेको छ।

यो साताको सुरुआतमा सेयर बजार सूचक सकारात्मक रहे पनि कारोबारको दौरान उतारचढाव भएपछि सामान्य अंकले मात्र वृद्धि हुँदै बन्द भएको छ।

निगमका अनुसार, इन्डियन आयलका विभिन्न रिफाइनरी र बोटलिङ प्लान्टबाट देशभरका उद्योगीलाई मासिक रूपमा उपलब्ध गराइने ग्यास कोटा ४९,५०० मेट्रिकटन रहेको छ।

नेपाली बजारमा सुनको मूल्य घट्नु उपभोक्ताका लागि ठूलो राहत भए पनि उच्च मूल्यमा किनेर राखेका लगानीकर्ताका लागि यो एउटा महत्वपूर्ण पाठ सावित भएको छ।

चुनावी प्रभावले उकासिएको सेयर बजार गत हप्ताको अन्तिम दिनदेखि फेरि ओरालो लाग्दै बिहीबार १७.५३ अंक र आइतबार थप १९.८५ अंकले नेप्से घटेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको नेतृत्वमा गठित महाप्रबन्धक छनोट समितिले खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि ४ माघमा १० जनाको नाम ‘सर्टलिस्ट’ गरेको थियो।

आगामी २१ फागुनको निर्वाचनका लागि खर्च जुटाउन सेयर मूल्य घट्दा पनि बिक्री भएको लगानीकर्ताको अनुमान छ, भने घट्दो मूल्यबीच बढेको कारोबार रकमका कारण बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने आशा गरिएको छ।

आर्थिक सर्वेक्षणले रोजगारीमा सुधार र वैदेशिक व्यापारमा वृद्धि देखाएको छ भने मुद्रास्फीति नियन्त्रणमा आउने संकेत गरेको छ।