Browsing: व्यवसाय

गृह र रक्षा मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीका लागि करिब २०.५ अर्ब रुपैयाँको सुरक्षागत खर्च प्रस्ताव गर्दा अर्थ मन्त्रालयले त्यसअनुसार क्रमिक रूपमा बजेट निकासा गरिरहेको छ।

भू-राजनीतिक विवाद र आर्थिक अनिश्चितताले सुनको मूल्य बढाएको छ भने कतिपय देशका केन्द्रीय बैंकहरूले अमेरिकी डलरमा निर्भरता कम गर्न लगातार सुन किनिरहेका छन्।

टेरामक्स खरिद प्रक्रियासँग सम्बन्धित सबै फाइल पेशीको दिन इजलासमा देखाएर फिर्ता ल्याउने उद्देश्यले दूरसञ्चार प्राधिकरणबाट झिक्न अदालतले आदेश दिएको छ।

काठमाडौंतर्फबाट प्रस्थानविन्दुका रूपमा रहेको खोकनामा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन।

राष्ट्र बैंकको सर्कुलरअनुसार, निर्वाचन कार्यलयको सिफारिसमा राजनीतिक दल, उनीहरूको उम्मेदवार र स्वतन्त्र उम्मेदवारका लागि आम्दानी–खर्च सञ्चालन गर्न छुट्टै खाता खोल्न सकिने व्यवस्था गरिएको छ।

अवैध व्यापार नियन्त्रण, आर्थिक विकास प्रवर्द्धन, राजस्व सङ्कलन सुदृढीकरण र वैदेशिक व्यापार सहज बनाउन पारदर्शी तथा प्रविधिमैत्री भन्सार प्रणाली विकासमा जोड दिइएको छ।

नेप्से सूचकमा गिरावट आए पनि कारोबार रकममा देखिएको वृद्धि आगामी दिनमा बजारले उकालो यात्रा कायम राख्ने संकेतका रूपमा देखिएको छ।

देश निर्वाचनतर्फ उन्मुख हुँदै गर्दा लगानीकर्तामा देखिएको उत्साहका कारण साताको पहिलो कारोबार दिन आइतबार (माघ ११) सेयर बजार उच्च अंकले उकालो लागेको छ।

महालेखा नियन्त्रक अन्तर्गतको कार्यालयले ५२ व्यक्त–संस्था–कम्पनीको नाम र तिर्न बाँकी रकम सार्वजनिक गरेको हो।

अन्तर्राष्ट्रिय द्वन्द्व थप चर्किने संकेतका कारण विभिन्न मुलुकका केन्द्रीय बैंकले सुनमा लगानी बढाएपछि यसको मागसँगै मूल्य बढिरहेको हो।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको विनिमय दरमा आएको परिवर्तन र भूराजनीतिक अवस्थाका कारण सुनचाँदीको मूल्यमा असर परिरहेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन महँगिनु, डलरको उतारचढाव र बढ्दो लगानी आकर्षणका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ।

पुस सकिएसँगै दोस्रो बजारका सूचीकृत कम्पनीहरूले साधारणसभा सम्पन्न गरी लगानीकर्तालाई लाभांश वितरण गरिसकेका छन्, जसले बजारलाई थप चलायमान बनाएको छ।