इरानले पाकिस्तानमा भएको अमेरिकासँगको अप्रत्यक्ष वार्ता दुई–तीन प्रमुख विषयमा मतभेदका कारण असफल भएको जनाएको छ। इरानी प्रवक्ताका अनुसार केही विषयमा सहमति भए पनि क्षेत्रीय सुरक्षा र होर्मुज स्ट्रेट जस्ता मुद्दाले जटिलता बढायो। वार्ता जारी रहने बताइएको छ तर तत्काल सम्झौता हुन सकेन।

