अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा १०० जनाको मृत्यु भएको त्यहाँका गृहमन्त्रीले पुष्टि गरेका छन्। १५० भन्दा बढी लडाकू विमान प्रयोग गरी राजधानी कराकसमा आक्रमण गरिएको थियो। घटनामा राष्ट्रपति निकोलस मदुरोका सुरक्षाकर्मी र गुप्तचर बढी मारिएका छन्। प्रारम्भिक विवरणभन्दा मृतक संख्या दोब्बर भएको हो।


