Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
चुनावपछि खुलेको सेयर बजारमा अघिल्लो दिन तीन पटक सकारात्मक सर्किट ब्रेक लागेपछि कारोबार स्थगित हुँदा धेरै लगानीकर्ताले किनबेच गर्न सकेका थिएनन्।
जेनजी आन्दोलनपछि संसद् भवनमा आगलागी भएकाले नियमित बैठक सञ्चालन गर्न सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हल अस्थायी रूपमा प्रयोग गर्ने तयारी गरिएको छ।
मन्त्रालयले वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा र पहिलेदेखि नै दम वा मुटुको समस्या भएका व्यक्तिहरूका लागि यो अवस्था निकै जोखिमपूर्ण रहेको चिकित्सकहरूको भनाइ छ ।
निवेदक किशोरी साह कमलले निर्वाचन आयोग समेतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
माघ ११ गते भएको निर्वाचनबाट १८ जना नयाँ सांसद निर्वाचित भएका हुन्, र ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ।
नेपालमा निर्वाचन सम्पन्न भई नयाँ संसदको संरचना स्पष्ट भएसँगै खुलेको सेयर बजारले त्यसको प्रत्यक्ष प्रतिक्रिया देखाएको हो।
यातायात व्यवस्था विभागले छापिएका १ हजार ६७३ सवारी चालक अनुमतिपत्रको विवरण सार्वजनिक गरेको छ।
आयोगले देशका विभिन्न स्थानमा केही छिटपुट घटनाहरू देखिए पनि समग्रमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ।
प्रधानमन्त्री कार्कीले कतारप्रति ऐक्यबद्धता जनाउँदै गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति चिन्ता व्यक्त गरिन् र कतारले रचनात्मक रूपमा वर्तमान परिस्थितिको सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरिन्।
निर्वाचन आयोगको तालिकाअनुसार काठमाडौं जिल्लाका सबै निर्वाचन क्षेत्रमा आवश्यक पूर्वाधारसहितका मतदान केन्द्रहरु निर्माणको काम लगभग सकिएको छ ।
कर्जा सूचना केन्द्र नेपालको विवरणअनुसार किशोरी साह २०८० सालदेखि कमल निर्माण सेवा प्रालिको शेयरधनी रही चेक बाउन्ससम्बन्धी कालोसूचीमा एकल र संयुक्त रूपमा समेत परेका थिए।
निर्वाचनअघि करिब १० दिनयता सेयर बजारमा उत्साह देखिँदै आएको छ भने फागुन १० यता नेप्से परिसूचक ९८ अंकले बढेको छ।
पर्यटन बोर्डले भारत र चीनबाट पर्यटक आगमन बढ्दा नेपालको धार्मिक, सांस्कृतिक, साहसिक र प्राकृतिक गन्तव्यप्रति आकर्षण बढेर स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्लेषण गरेको छ।
आगलागीको जोखिमलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थलाई जेरी क्यान वा ड्रममा भण्डारण गर्न निषेध गरिएको छ।
इजरायल–इरान युद्धका कारण पेट्रोल आयात प्रभावित भई मूल्य बढ्न सक्ने हल्लाले पेट्रोल पम्पहरूमा सेवाग्राहीको भीड बढेको हो।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलले एयरलाइन्सबाट उडान समय पुष्टि नभएसम्म विमानस्थल नआउन र तालिका जुनसुकै बेला परिवर्तन हुन सक्ने चेतावनी दिएको छ।
निर्वाचन आयोगले सबै सरोकारवालालाई सामाजिक सञ्जालमा प्रसारित सामग्री सही वा गलत हो भन्ने कुरा पहिचान गरेर मात्र साझा गर्न आग्रह गरेको छ।
यो यस वर्ष नेपालबाट देखिने दोस्रो ग्रहण हो; यसअघि भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो र चन्द्रग्रहण पूर्णिमामा तथा सूर्यग्रहण औँसीमा लाग्ने गर्दछ।
इरानी रिभोलुसनरी गार्ड कर्प्सको ड्रोन र क्षेप्यास्त्र आक्रमणले बहराइनको शेख इसा क्षेत्रमा रहेको अमेरिकी कमान्ड भवन ध्वस्त पार्दै इन्धन ट्यांकरमा विस्फोट गराएको दाबी गरिएको छ।
