Browsing: राजनीति

कांग्रेस अनुशासन समितिले निर्वाचनमा भएका अनुशासन उल्लंघनसम्बन्धी ७५४ उजुरीमाथि छानबिन गर्दै दोषीलाई कारबाही गर्ने जनाएको छ।

रास्वपाले पार्टी सञ्चालनसम्बन्धी क्षमता अभिवृद्धिका लागि १०८ केन्द्रीय सदस्यलाई दुईदिने प्रशिक्षण दिने भएको छ।

देउवा–खड्का समूहले कांग्रेसको आधिकारिकता विवाद टुंगो नलागेसम्म १५औँ महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्चमा रिट दर्ता गरेको छ। 

कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आधिकारिकता विवादको सुनुवाइलाई आधार बनाउँदै १५औँ महाधिवेशन रोक्न अदालत जाने भएको छ।

राप्रपाको निर्देशनविपरीत बागमती सरकारलाई समर्थन गरेको भन्दै उद्वव थापा पार्टीबाट निष्काशित भएका छन्।

अख्तियार प्रमुख प्रेमकुमार राईले जीवित सबै पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी परेको र आयोगले अध्ययन गरिरहेको बताएका छन्।

रवि लामिछानेले संविधान संशोधनमा दुई तिहाइ बहुमतसँगै संवैधानिक व्यवस्था र प्रक्रियालाई ध्यान दिनुपर्ने बताएका छन्।

परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क जाने भएको छ।

प्रधानमन्त्री बालेन्द्र साह र विभिन्न मन्त्रीहरूले चालु आर्थिक वर्षका प्राथमिकता कार्यान्वयन गर्न कार्यसम्पादन सम्झौता गरेका छन्।

राष्ट्रिय सतर्कता केन्द्रले चार महिनामा ९२४ सरकारी कार्यालय अनुगमन गरी ११ हजार ४ जना कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेका छन्।